Breaking News
Loading...

Info Post
(६) सङ्घीय स्वरुप कति प्रकार का छन् ?
विश्वमा प्रयोग भएका धेरै सङ्घीय स्वरुपलाई मुख्यतया तीन प्रकारको (जातीय सङ्घीयता, पहिचानजनित सङ्घीयता, प्रशासकीय÷भौगोलिक सङ्घीयता) मा विभाजन गर्न सकिन्छ ।
जातीय सङ्घीयता ः जातीय सङ्घीयतामा प्रदेशको नाम र सीमाना लक्षित जातिको थातथलोका आधारमा गरिन्छ । लक्षित जातिलाई राजनीति र प्राकृतिक स्रोतमा अग्राधिकार र प्रशासनमा प्राथमिकता दिइएको हुन्छ । प्रदेशलाई स्वायत्तता र आत्मनिर्णयको अधिकार प्रदान गरिएको हुन्छ । सङ्घीय (केन्द्र तहको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गठनमा जातिगत प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ ।
पहिचानजनित सङ्घीयता ः पहिचानजनित सङ्घीयतामा प्रदेशको निर्माण जातीय, भाषिक वा सांस्कृतिक र मानवबसोबास गरेको भूगोलका आधारमा गरिएको हुन्छ । सामथ्र्यलाई पनि प्रदेश निर्माणको आधार मानिएको हुन्छ । कुनै पनि जातिलाई अग्राधिकार दिइएको हँुदैन । सङ्घीय (केन्द्र तहको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा प्रदेशको प्रतिनिधित्व भूगोलका आधारमा हुन्छ, जातीय आधारमा होइन ।
प्रशासकीय÷भौ गो लिक सङ्घीयता ः प्रशासकीय÷ भौगोलिक सङ्घीयतामा भूगोललाई आधार मानेर प्रदेश निर्माण गरिन्छ । उदाहरणको लागि वर्तमान नेपालको ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लालाई लिन सकिन्छ ।