Breaking News
Loading...

Info Post
(४) विश्वमा सङ्घीयता कति प्रकार का छन् ?
विश्वमा प्रमुख दुई प्रकारका सङ्घीयता प्रयोगमा देखिन्छन् । स्थापना भइसकेका विभिन्न राज्य÷देश मिलेर बनेको सङ्घीयतालाई ‘एकआपसमा आबद्ध सङ्घीयता’ (Coming Together Federalism)  भनिन्छ । जस्तै – अमेरिका, अस्टे«लिया, स्विजरल्यान्ड आदि । एउटै देशभित्र उत्पीडनमा परेका जाति, भाषा, धर्महरुलाई विद्रोह हुन नदिन बनेको सङ्घीयतालाई ‘एकसाथ राख्ने सङ्घीयता’ (Holding Together Federalism)  भनिन्छ ।

(५) प्रयोगका आधार मा सङ्घीयता कति प्रकारका छन् ?
विश्वमा मुख्यतया तीन प्रकारका सङ्घीयताको प्रयोग भएको देखिन्छ । पहिलो – केन्द्र शक्तिशाली भएको मिश्रित सङ्घीयता, जहाँ राज्य÷प्रदेशहरु पनि अधिकार युक्त हुन्छन् । उदाहरणका लागि जर्मन, स्विजरल्यान्ड आदि । दोस्रो– केन्द्रको मातहतमा सहकारी ढाँचाबाट चल्ने सङ्घीयता । उदाहरणको लागि भारत । तेस्रो – एउटा केन्द्र र शक्तिशाली राज्य÷प्रदेशहरुबीच प्रतिस्पर्धामा चल्ने सङ्घीयता । उदाहरणको लागि क्यानडा आदि । नेपालको सन्दर्भमा– दह्रो केन्द्रीय नेतृत्व र व्यापक स्वायत्तता र स्वशासित राज्य÷प्रदेश सहितको सङ्घीयता उपयुक्त हुने देखिन्छ ।