मोरङ, ५ असोज,
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेपाली कांग्रेस र नेकपा एमालेले टाउको गनेर संविधान जारी गर्न खोजे युद्ध हुने बताएका छन् । शनिबार मोरङको पथरी-शनिश्चरे नपाका अगुवा कार्यकर्ताको भेलालाई मोरङको पथरीमा सम्बोधन गर्दै राईले मधेशले सिङ्गो नेपाललाई संघीयता उपहार दिएको दाबी गरे । उनको भनाई छ – 'संघीयता मधेश आन्दोलनबाट आएको उपहार हो यसको संरक्षण गर्नु पर्छ ।'
अध्यक्ष राईले दोस्रो संविधानसभाको निर्वाचन धाँधली पूर्ण भएकोले जादुगरले जादु देखाए जस्तो पाराले कांग्रेस, एमालेले जनताको मत लुकाएर चुनाव जितेको आरोप लगाउँदै जनाधिकार नभई मताधिकार मात्र पाएकोले सहमतिको आधारमा मात्रै संविधान जारी गर्नु पर्ने राईले बताए ।
0 comments:
Post a Comment