Breaking News
Loading...

Info Post

संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष
तथा सभासद अशोक राईले प्रमुख दुई
दलका कारण संविधान निर्माणको काम
अवरुद्ध भइरहेको आरोप लगाएका छन् ।
'संविधानको सबैभन्दा महत्वपूर्ण
बुँदामा छलफल गर्न कांग्रेस र
एमालेका निर्णायक नेताहरू पर्याप्त समय
नदिंदा अघि बढ्न नसकेको अवस्था छ,'
नेता राईले भने, 'हाजिरी रेकर्ड छ तर कुन
समयमा कुन सभासद कति बेला आए र
कति बेला बाहिरिए भन्ने
रेकर्डको व्यवस्था छैन । आयो,
आफ्नो कुरो सुनायो । गयो । तर
अरुको कुरा सुन्नै धैर्यता नराख्नाले
समस्या जहाँको तहीं छ ।'
अध्यक्ष राईले
दसैको उपलक्ष्यमा शुभकामना आदानप्रदान
तथा सञ्चारकर्मीसित भेटघाट
कार्यक्रममा शुक्रबार उक्त विचार व्यक्त
गरेका हुन् । संविधान निर्माणको महत्वपूर्ण
चार बुँदा राज्य पुनःसंरचना, शासकीय स्वरुप,
न्याय प्रणाली र निर्वाचन
प्रणालीबारेमा प्रमुख दुई दलले निकास दिन
नचाहेको उनको भनाइ छ । 'संविधान
सभाको चुनाव सम्पन्न भएपछि पक्कै
पनि विगतका गल्ती दोहोरिदैन भन्ने
लागेको थियो,'
संविधानसभाको पछिल्लो स्थितिप्रति निराशा प्रकट
गर्दै राईले भने, 'पात्र, प्रवत्ति, मुद्दा र पद
पनि तिनै व्यक्ति देखिए । जसले गर्दा संविधान
निर्माण प्रक्रिया अलिक अप्ठ्यारोतर्फ
धकेलिरहेको छ । र
हामी समयको टुप्पोमा पुगिसकेका छौं ।'
ती चार बुँदामा सहमति गर्नु पर्ने समय
सीमा अब चार दिन अर्थात् असोज १४ गतेसम्म
मात्र रहेको उनले जनाए ।
सभासद राईले संविधान सभा संवाद समितिले
सरोकार राख्ने सबै पक्षसित वार्ता भएको र
भइरहेको बताए ।
'संविधानसभाको निर्वाचनमा सहभागी ९०
राजनीतिक दल, निर्वाचन बहिस्कार
गरेका दलहरु, बहिस्कारसहित हतियार
बोकेका भूमिगत समूह, आदिवासी जनजाति,
मधेसी, मुस्लिमलगायत पक्षसित
वार्ता भएको छ,' उनले भने, 'तर, प्रमुख
दलका प्रमुख नेताहरूले मुख्य मुद्दामा प्रवेश गर्न
चाहिरहेका छ्रैनन् । झाडीभित्र नखोत्लने
स्थितिले समयको दुरुपयोग भइरहेको छ ।
यदि ठूला दलले टाउको गनेर निर्णय लिने
धृष्टता गर्नुभयो भने हाम्रो असहमति रहने छ ।'
दसवर्षे जनयुद्ध, बाह्र बुँदे समझदारी, १९ दिने
जनआन्दोलन, मधेस आन्दोलन, दलित, मुस्लिम,
आदिवासी जनजातिलगायतसित
भएका सम्झौतालाई भुल्न नहुने नेता राईले
बताए । 'राज्यले एकसय
एकवटा सम्झौता गरेको छ,' उनले भने,
'यदि सम्बोधन नगर्ने हो भने मुलुक
फेरि अप्ठ्यारोतिर जानेछ । त्यसो हुन नदिने
दिन रात सहमतिको खोजीमा छौं ।' उनले
अबको पार्टी नेतृत्व पूर्ण समानुपातिक,
समावेशी हुने र त्यसैअनुसार राज्य संयन्त्र
निर्माण हुनुपर्ने बताए ।
www.ekantipur.com  मा
प्रकाशित मिति: २०७१ आश्विन १० ०७:३४

0 comments: