Breaking News
Loading...

Info Post

(१०) राज्यको पुनःसंरचना कुन अवस्थामा गरिन्छ ? 
पुरानो संविधानले काम नगरेमा वा निरङ्कुश भएमा, देशमा ठूला–ठूला जनआन्दोलन विद्रोह वा क्रान्ति भएमा, राजनीतिक अस्थिरता आएमा र बाह्य वा आन्तरिक युद्ध समाप्त भएपछिको अवस्थामा राज्यको पुनःसंरचना गरिन्छ ।
(११) प्रदेश तथा स्थानीय निकायहरु के का आधारमा निर्माण गरिन्छन् ? 
प्रदेश तथा स्थानीय निकायहरु पहिचानका पाँच र सामथ्र्यका चार आधारमा निर्माण गरिन्छन् ।

पहिचानका ५ आधारहरु ः जातीय÷समुदायगत आधार , भाषिक आधार , सांस्कृतिक आधा  , भौगोलिक÷क्षेत्रगत निरन्तर ताको आधार र ऐतिहासिक निरन्तरताको आधार ।

सामथ्र्यका ४ आधारहरु ः आर्थिक अन्तरसम्बन्ध र सामथ्र्यको आधार , पूर्वाधार विकासको अवस्था र सम्भावनाको आधार , प्राकृतिक स्रोत र साधन उपलब्धताको आधार , प्रशासनिक सुगमताको आधार ।