तिहार भर्खर सकिएको छ ।
तिहारको बारेमा बिभिन्न भ्रम छ ।
बास्त्वमा दशै लाई जस्तै तिहारलाई
पनि हिन्दूकृत गरिएको कुरामा कुनै भ्रम राख्नु
हुँदैन । जसरी हिन्दू हरुले भारत लगायत अन्य
देशमा निधारमा टिका र जमरा लगाउदैनन ।
तिहारमा पनि भारत लगायत अन्य देशका हिन्दू
हरुले मख्मली र
सयपत्रिको माला गला भरी लगाउदैनन ।
तिहारको लागि भनेर फुल्बारी र
बारीको डिल्भरी सयपत्री र मखमली फुलाउदैनन
। र निधारभरी सात रङ्ग को टिका लगाउदैनन ।
बलिहाङ्ग आर्ये हरु को देवता भित्र पर्दैनन । यम र
यमुना कपोल्कल्पित मिथक् जोडीय कोमात्र
हो ।
यो तिहारको (बलिहाङ तङ्नाम ,ते-आङ्सी -
वारो ( अवतारी ब्याक्ती ) को बारेमा मुन्धुम
भन्छ -आजको दोवाङ ,नोछो ,वा फेदाङ्माले
भबिस्यको जोखाना हेरे जस्तै त्यस
बेलाका प्रतापि राजा बलिहाङ् सिद्ध
नोछो ,फेदाङ्मा पनि थिए । उनको राज्य
अती सम्पन्न थियो । आर्ये हरुले सधैं इर्स्या गर्थे ।
उनको उत्तरआधिकारी को तयारी भै
सकेको थिएन । तर उनको अन्तिम
अवस्था आइसकेको उनलाई ज्ञान हुन आयो ।
यो कुरोले उनलाई दिन्दिनै पिरोल्दै ल्यायो ।
बलिहाङ दिन दिनै वोइलिदै जान थाले ।
राज्यमा निरसता आउन थाल्यो ।
यो अवस्था देखी भाईभारदार हरुले राज
सभा बोलाय र राजालाई
आफ्नो मनोरोगको बारेमा बोल्न बाद्य पारे ।
राजा बलिहाङ्ले अन्तत आफ्नो अन्तिम
अवस्था आएको कुरा बताय । अब यो खड्गो के
गरी टल्छ भनी उनै लाई अनुनयका साथ सोधियो ।
उन्ले उपाय नभ्एको तर एउटा कठिन् उपाय हुन सक्छ
कि भने -त्यो उपाय थियो नाकिमा चेलीले
निनाम्मा हेन्खाम्मा कि चेली रोघोमा मार्फत
खाकाचा (यमराज )सँग आफ्नो आफ्नो आयु
फिर्ता लिन सके बाच्न सकिन्छ कि ?
भर्खरै चैत्र भरी दसैं मनाएर सकिएको थियो ।
करिब् बैशाख बर्खा लाग्दो थियो । चेली हरु
माइतमै थिए । नाकिमालाई अनुरोध
गरियो उहाले माइतिको खातिर
सप्तरङ्गी इन्द्रेनी रुपी भय्राङ
हेन्खाम्मा देखी निनाम्मा सम्म लागाइन ।
रोघोमा यो इन्द्रेनीको बाटो हुँदै
खाकाचा (यमराज )कोमा पुगेर
आफ्नो माइतिको आयुको भिख मागिन तर
खाकाचाले कुरै सुनेन । अन्तमा रोघोमाले
एउटा सर्त मान्न अनुरोध गरिन । त्यो खाकाचाले
स्वीकार गरे र सोधे के हो सर्त ? रोघोमाले भनिन
- मेरो भाईलाई तपाईंले लानु अघी म पूजा गर्न
पाउ । मैले पूजा गरेको फुलको माला र दलेको तेल
सुके पछी मात्र मेरो भाई लाई तपाईंले लान पाउनु
हुन्छ ।
यो कुरो खाकाचाले (यमराज ) ले स्वीकार गरेछन
। तेस पछी चेली हरु जम्मा भएर यो कुरो सुनाएछन ।
तर नवोइलाउने फुल र नसुक्ने तेल के हुन सक्छ त ? बहुत
चिन्तित भएछन । मिचिलिम्मा चेलीले
जिम्मा लिएछिन । उन्ले आफ्नो मुन्धुमले आफ्नै नङ
बाट मखमली र आसु बाट तोरीको सृस्टि गर्नु भएछ
। बलिहाङको अन्तिम दिन भनिएको दिन
तोरिको तेलमा दियो बाली तोरिकै तेल
दली दिएर मखमली को माला र
नाकिमा (इन्द्रेनी )रुपी सात
रङको टिका निधारमा लगाइदिएर सबै चेली हरुले
लामो आयुको कामना गरी भब्य
आफ्नो भाईको पूजा गरेछन ।
त्यही राती राजा मर्ने पक्का पक्की थियो ।
भोली राजा मरेको खबर दुख्खका साथ सुन्न
जनताहरु बिबस थिए भने सत्रुहरु लालायीत थिए ।
भोली बिहान भयो राजा जीबितै थिए । अचम्म
भयो । खाकाचा (यमराज)का दुत हरु माला र तेल
सुक्ने पर्खाइमा थिए । तर त्यो नसुक्ने
कुरामा माइती चेली ढुक्क थिए । अनी सबै तिर
राजा जिवित भयको खबर पुर्याउनु पर्ने भयो ।
तेस बखत कुनै संचारको साधन थिएन । तेसै
बेला देखी ति हा हा ,फाइलो ,ते
अङ्सी वारो भन्दै --बली राजाको हुकुमले
गर्दा ---
घोरिङ्गखाको रातो मातो भएको ठाउको -
बैशाख महिना सकेकोले चिप्लो बाटो ----
याहामात्र होइन चारै दिसा घुम्नै पर्ने डुल्नै पर्ने -
समचार पुर्याउन भैलो,देउसी को चलन चलेको हो ।
त्यस पछी प्रत्यक बर्ष चेलीले माइतीको पूजा गर्ने
आयु माग्ने परम्परा बसेको हो । तर यो प्रचलन
पनि बैशाखको अन्त तिर रहेकोमा दशै सारेर
असोजमा ल्याय जस्तै
कार्तिकमा सारीएको हो ।
गाई ,गोरु ,कुकुर ,काग पुज्ने आदिबासिको चलन
थिएन । यी सबै आदिबासिको सस्कार
सस्कृति मास्नको लागि हिन्दूकृत
गरिएको बिरुपपन मात्रा हो ।
आजको दिन मा हामीले हाम्रो मुल सस्कार
चिनेर छुट्ट्याएर अपनत्वो ग्रहन गर्नु पर्दछ । न
कि उनिहरुले बिटुलो पारे भनेर मौलिकता नै
छोड्दै जाउ ।
सगरमाथा टेलिभीजनका गणेश गुरुंग संग
आदिबासि आवाजमा खम्बुको बिचार
पनि राखिएकोछ,सुन्नुहोस ।
(लेखक :सम्बिधान सभाका सभासद
तथा खम्बुवान मुक्ति मोर्चाका अध्यक्ष हुन)
के हो तिहार? किन मनाउने?
Info Post
0 comments:
Post a Comment