Breaking News
Loading...

Info Post

धरानकी सुविन लिम्बु यस बर्षको मिस नेपाल
२०१४ बन्न सफल भएकी छिन् । सहभागी १८
जना प्रतिस्पर्धिलाइ उछिन्दै २३ बर्षिय
सुबिन लिम्बुले मिस नेपालको ताज हात
पार्न सफल भएकी हुन् । उनले एक लाख नगद
पुरस्कार हात पार्नुका साथै यसै बर्ष
आयोजना हुने मिस वल्र्ड
प्रतियोपगतामा सहभागिता जनाउन पाउने
छिन् । ५ फिट ८ इन्च अग्ली सुबिन लिम्बु
२०१०को मिस मंगोलकी फस्ट रनरअप पनि हुन् । प्रतियोगितामा फस्ट रनरअपमा प्रिन्सा श्रेष्ठले र सेकेण्ड रनरअप सोनी राजभण्डारीले हात पार्न सफल भए ।
फस्ट रनरअपको ताज हात पार्न सफल
प्रिन्सा श्रेष्ठले मिस अर्थ र सेकेण्ड
रनरअपको ताज हात पार्न सफल
सोनी राजभण्डारीले मिस
इन्टरनेशनलमा सहभागिता जनाउनेछन् । त्यस्तै
यो बर्षको प्रतियोगितामा मिस
फोटोजेनिकको उपाधि शितोष्णा वनले
हात पारिन् भने लाक्पा तामाङले मिस
ट्यालेन्ट, प्रिन्सा श्रेष्ठले मिस कम्लेक्सन,
रश्मी अधिकारीले मिस ब्युटीफुल
हेयरको उपाधि हात पारे । सन् १९९४ मा शुरु
भएको यो प्रतियोगिता १९ औं पटक
आयोजना भएको हो ।

0 comments: