Breaking News
Loading...

Info Post
मगरात प्रदेशमा '३ महिने संगठन विस्तार तथा जनजागरण (विज) अभियान' अन्तरगत आयोजित जिल्ला स्तरीय प्रशिक्षाण कार्यक्रम साथै संघिय समाजबादी पार्टी नेपालका केन्दिय सचिव तथा माननिय सभासद दिल बहादुर नेपालीलार्इ स्वागत, सम्मान, तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा संघिय समाजबादी पार्टी नेपाल, जिल्ला समिति बागलुङका अध्यक्ष श्री याम बहादुर घर्ति मगरको अध्यक्षता, केन्द्रिय सचिव तथा माननिय सभासद दिल बहादुर नेपालीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य बागलुङ सहइन्चार्ज राम बहादुर नेपाली, केन्द्रिय सदस्य याम बहादुर चर्मकार, केन्द्रिय सल्लाहकार समिटिका सदस्य दल बहादुर खडका विशिषठआतिथ्यता रहेको कार्यक्रममा सह सचिव विर बहादुर दर्जिको संचालन, जिल्ला सदस्य बसन्त थापा मगरद्वरा स्वागत मन्तव्य ब्यक्त गरीएको थियो ।
यसै कार्याक्रमलार्इ सम्बोधन गर्दै माननिय सभासद दिल बहादुर नेपाली ले सम्विधान सभामा पहिचान सहितको संघियता, संघियता सहितको संविधान, जारी गर्ने परिस्थीतीमा सहयोग रहने छ यदी त्यसको विपरित हुन गयो भने त्यसलार्इ रोक्नु हाम्रो प्रमुख काम हुने छ भनि बताउनु भयो । 
उक्त कार्यक्रममा केन्द्रिय सदस्य बागलुङ सहइन्चार्ज राम बहादुर नेपाली, केन्द्रिय सदस्य याम बहादुर चर्मकार, केन्द्रिय सल्लाहकार समिटिका सदस्य दल बहादुर खडका विशिषठआतिथ्यको मनतव्य साथै केन्द्रिय नेता निर्मल जि. सि., संघिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्त बहादुर, जिल्ला सदस्य राम बहादुर घर्ति, जिल्ला सदस्य होम बहादुर नेपाली लगायतका नेताहरूद्वारा मन्तव्य ब्यक्त भएको थियो ।




0 comments: