Breaking News
Loading...

Info Post

काठमाडाैं । संघीय समाजवादी फाेरम नेपालका वरिष्ठ नेता अशाेक रार्इले पहिचानवादी दलहरूलार्इ एकता गरी अघि बढ्न अपिल गरेका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेका पहिचान पक्षधर दलहरू अब एकजुट भएर अघि बढ्नुपर्ने रार्इले बताए ।
उनले विगतमा पनि पहिचानवादी दलहरूलार्इ पार्टी एकताका लागि प्रयत्न गरिएकाे र अब पनि एकताकाे प्रयास जारी रहने बताएका छन् ।
‘एकताका लागि हामी सदैव विनम्रतापूर्वक प्रयत्न गरिरहन्छौं । विगतमा पनि गरेका हौ तर अपेक्षित परिणाम आउन सकेन,’ सार्वजनिक डटकमसँग नेता रार्इले भने, ‘राष्ट्रिय पार्टी बन्न नसकेका पार्टीहरुसँग करिब एघार लाख भोट छ, त्याे शक्ति सानाे शक्ति हाेइन । हामी त्यसलाई बडो महत्व दिएर सम्मानपूर्वक हामी हेर्छौ र विनम्रतापूर्वक एकताका लागि हामी प्रयत्न गर्छौै । म यहाँकै मिडियामार्फत फेरि पनि आव्हान गर्छु कि हामी यो परिवर्तनका पक्षमा छौ । हामी जो नयाँ धार सिर्जना गर्न चाहन्छौ, हामी जो विकल्प प्रस्तुत गर्न चाहन्छौ, हामीले एकतावद्ध हुनपर्छ । यो आवश्यकतालाई मशसुस गरेर सम्पूर्ण साथीहरु र नेताहरुलाई म हार्दिक आव्हान पनि गर्न चाहन्छु, अब हामी एकताका निम्ति अगाडि बढौ ।

0 comments: