काठमाडौं, २९ असार । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविस्वासको प्रस्ताव आउनुअघि नै पदबाट राजीनामा दिनु उत्तम रहेको बताएका छन् ।
‘अब सरकार बनाउन दाबी गर्ने पार्टीहरुले सम्भवतः अविश्वासको प्रस्ताव अघि सार्लान,’ बुधबार काठमाडाैकाे तिनकुनेस्थित पार्टी कार्यालयमा कुरा गर्दै नेता राईले भने, ‘तर त्यस्तो अवस्था नआइकन प्रधानमन्त्रीजीले राजीनामा दिएर बाटो सहज गर्दिए राम्रो हुन्छ ।’ प्रधानमन्त्री ओलीले राजीनामा नदिएर अर्को कुनै कदम चाल्न खोजेको हो भने त्यो मुर्खतापूर्ण कदम हुने उनले बताए ।
उनले संविधान संशोधन गरी गठबन्धनको माग सम्बोधन नगरेसम्म आपूmहरु सरकारमा सहभागी नहुने जिकिर गरे । तर अब बन्ने सरकारले चाहिँ गठबन्धनको माग सम्बोधन गर्नुपर्ने उनले बताए । ‘हामी अहिले सरकारमा जादैनौ,’ उनले भने, ‘तर हामी नयाँ आउने सरकारले हाम्रो माग सम्बोधन गरोस भन्ने चाहन्छौ ।’
नयाँ सरकार बनाउन चाहने दलहरुले आन्दोलनका माग सम्बोधन गर्ने औपचारिक सहमति जनाए सरकारमा जानुहुन्छ भन्ने प्रश्नमा नेता राईले भने, ‘पहिलो कुरो अहिलेसम्म उहाँहरुले हामीसँग औपचारिक वार्ता गर्नुभएको छैन, वार्ता गरिसकेपछि उहाँहरु कुन रुपमा आउनुहुन्छ त्यो हामी हेर्छौ । दोस्रो कुरा तपाईहरुको माग सम्बोधन गर्छौ भनेर लिखित रुपमा आश्वस्त पार्ने कुरा र संविधान संशोधन गर्ने कुरा फरक हो । त्यसकारण जबसम्म संविधान संशोधन गरेर हाम्रा माग समबोधन गरिदैन तबसम्म हामी सरकारमा जादैनौ ।’
0 comments:
Post a Comment