Breaking News
Loading...

Info Post
अपिल


संविधान सभाबाट सहमतिमा संविधान !!
पहिचान र अधिकार सहितको अग्रगामी संविधान !!

आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु,
आज मुलुकको राजनीति अग्रगमन र प्रतिगमनको दोबाटोमा उभिएको छ । नेपाली जनताको बलिदानी सङ्घर्ष र विद्रोहबाट प्राप्त उपलब्धीहरु गुम्ने गम्भीर खतरा र चुनौति सृजना भएको छ । नेपाली राजनीतिको विभिन्न कालखण्डमा भएका जनयुद्ध, जन आन्दोलन, मधेश विद्रोह, थरुहत, लिम्बुवान लगायतका आदिबासी जनजातिहरु, महिला, मुस्लिम, पिछडा वर्ग, दलित, कर्णाली लगायतका जाति र क्षेत्रहरुको एकीकृत सङ्घर्षको परिणामस्वरुप प्राप्त पहिचान, सङ्घीयता, स्वायत्तता, समानुपातिक समावेशी प्रतिनिधित्व, गणतन्त्र, धर्म निरपेक्षता, आत्म निर्णयको अधिकार लगायतका अधिकारहरु खोस्ने र मुलुकलाई २०४७ सालतिर धकेल्ने गम्भीर षड्यन्त्र भइ रहेको छ । अन्तरिम संविधानको प्रस्तावना र धारा ६३ तथा १३८ (१ क) मा उल्लेखित मर्म र भावनाहरुमाथि निर्मम प्रहार गर्दै मुलुकलाई महेन्द्रकालीन अञ्चल र विकास क्षेत्रहरुको संरचनातिर फर्काउने, देशमा राजनीतिक अस्थीरता र असमावेशीतालाई बढावा दिने गरी पुरानो तथा परम्परागत किसिमको वेष्ट मिनिष्टेरियल प्रणालीको वकालत गर्ने समानुपातिक निर्वाचन प्रणालीको महत्त्व र आवश्यकतालाई इन्कार गर्दै राजनीतिमा पैसा, बाहुबल र व्यक्तिवादलाई बढावा दिनेगरी निर्वाचन प्रणाली अपनाउन खोज्ने र न्याय प्रणालीलाई स्वच्छ, स्वतन्त्र, समावेशी र प्रभावकारी बनाउनेभन्दा पनि यसलाई यथास्थितिमा राख्ने र पार्टी कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाउने जस्ता अत्यन्त निरङ्कुश र जन विरोधी क्रियाकलापहरु भइरहेका छन् ।
दाजुभाई तथा दिदी बहिनीहरु,
यी सम्पूर्ण जन विरोधी र पश्चगामी हर्कतहरु सत्ताको नेतृत्व गर्ने दुई मुख्य पार्टीहरु नेपाली काँग्रेस र ने.क.पा.(एमाले)को अगुवाईमा भइ रहेको तथ्य हामी सबैका अगाडि प्रष्ट नै छ । यी दुवै पार्टीबाट संविधान सभाभित्रको गणितको घोडा चढेर अहिलेसम्म नेपालका अग्रगामी राजनीतिक पार्टी र शक्तिसँग गरेका सम्पूर्ण सहमति र सम्झौताहरुलाई अस्वीकार गर्दै मुलुकलाई प्रतिगमनतिर लैजाने दुस्साहस गरिंदै छ । अग्रगामी राजनीतिक शक्तिहरुसँगको सहमति, सहकार्य र सहयात्रालाई छोडेर मुलुकलाई फेरि द्वन्द्व र मुठभेडतिर धकेल्न खोजिंदै छ । यस्तो स्थितिमा काँग्रेस र एमालेलाई जनतासँग विगतमा गरिएका सहमति र सम्झौताहरुको पालना गराउन, मुलुकलाई द्वन्द्व र मुठभेडतिर होइन सहमतितिर डो¥याउन र अग्रगमनका एजेण्डाहरुलाई स्वीकार गर्न तथा संविधान सभाबाटै पहिचान र अधिकारलाई सुनिश्चित गर्ने संविधान घोषणा गराउन बाध्य पार्न सडकको दबाव अपरिहार्य बन्न गएको छ । हामी अग्रगमन र परिवर्तन चाहनेहरु सडकको दबावबाट यी दुबै पार्टीलाई सहमतिमा ल्याउन अघि बढेनौं भने नेपाली जनताले  अहिलेसम्म प्राप्त गरेका सम्पूर्ण उपलब्धी र अधिकारहरु गुम्न जाने खतरा उत्पन्न भएको छ । यो अवस्थामा संविधान सभा र वार्ताको माध्यमवाट सहमतिको प्रयासलाई निरन्तरता दिने नीति कायम राखिने छ । तसर्थ, आउनु होस् हामी सबै एक भएर सचेत र सङ्गठित हुँदै हाम्रा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरुमा सहभागी भई यसलाई भव्यताका साथ सफल पारौं ।
हाम्रा सङ्घर्षका कार्यक्रमहरु ः
क) पुस १९ गते ७५ जिल्लाहरुमा एकै दिन जुलुस र सभा गर्ने ।
ख) पुस २५ देखि पुस २९ सम्म प्रदेशहरुमा आलोपालो गरी आमहड्ताल (बन्द) गर्ने ।
1.       पुस २५ खसान÷खप्तड, कर्णाली (से.म, भे.क)
2.       पुस २७ लिम्बूवान, किरात÷खम्बुवान, शेर्पा, मगरात र तमुवान
3.       पुस २८ थरुहट÷थारुवान र मधेश (अवध, मिथिला, भोजपुरा र कोचिला )
4.       पुस २९ नेवाः र ताम्सालिङ÷तामाङसालिङ
5.       माघ ५ आम हड्ताल (नेपाल बन्द)

अग्रगमन र परिवर्तनका निम्ति एक होऔं ।
परिवर्तनकारी जनताको एकता जिन्दावाद !! जिन्दावाद !!


तीस दलीय गठबन्धन
          क्र.स.  आवद्ध राजनीतिक दलहरू
1.       एनेकपा माओवादी 
2.       मधेसी जन अधिकार फोरम (लो.)
3.       तराई मधेस लोकतान्त्रिक पार्टी
4.       मधेसी जन अधिकार फोरम, नेपाल
5.       सदभावना पार्टी
6.       सङ्घीय समाजवादी पार्टी, नेपाल
7.       तराई मधेस सदभावना पार्टी
8.       राष्ट्रिय मधेस समाजवाली पार्टी
9.       राष्ट्रिय जनमुक्ति पार्टी
10.   थरुहट तराई पार्टी, नेपाल
11.   खम्बुवान राष्ट्रिय मोर्चा
12.   समाजवादी जनता पार्टी
13.   नेपाली जनता दल
14.   मधेसी जन अधिकार फोरम (गणतान्त्रिक)
15.   नेपाः राष्ट्रिय पार्टी
16.   सङ्घीय सदभावना पार्टी
17.   मधेस समता पार्टी नेपाल
18.   सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
19.   दलित जनजाति पार्टी, नेपाल
20.   आदिवासी जनजाति पार्टी
21.   सामाजिक लोकतान्त्रिक पार्टी
22.   सङ्घीय लिम्बूवान पार्टी
23.   सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी
24.   नेपाल कम्युनिष्ट पार्टी
25.   खस समावेशी राष्ट्रिय पार्टी
26.   ने.क.पा संयुक्त माक्र्सवादी
27.   लोक दल
28.   बहुजन समाज पार्टी, नेपाल
29.   लोकतान्त्रिक जनता पार्टी
30.   लोकतान्त्रिक पार्टी नेपाल