|
(१६) सङ्घीय (केन्द्रीय) सरकारलाई के–कस्ता अधिकारहरु दिइएका हुन्छन् ?
राष्ट्रिय सुरक्षा (सेना, रक्षा, अन्तर्राष्ट्रिय सीमा, गुप्तचर), मौद्रिक तथा वित्तीय नीति, वैदेशिक पहिचान र सङ्घीयताबारे फैलाइएका भ्रमहरू द्दछ मामिला, सञ्चार (केन्द्रीय दूरसञ्चार, हुलाक, रेडियो फ्रिक्वेन्सी बाँडफाँट), यातायात (राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उड्डयन तथा विमानस्थल, राष्ट्रिय राजमार्ग, रोपवे, जलयात्रा), कर राजस्व (भन्सार, संस्थागत आय कर), ऊर्जा (आणविक तथा ठूला नदी जलविद्युत, पर्यावरण, हातहतियार, शिक्षा–स्वास्थ्य, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता, अन्तर–प्रादेशिक सिँचाइ तथा खानेपानी सङ्घीय (केन्द्रीय) सरकारको अधिकार क्षेत्रमा पर्दछन् ।
(१७) प्रादेशिक (राज्य) सरकारलाई के–कस्ता अधिकार दिइएका हुन्छ ?
सुरक्षा (प्रादेशिक प्रहरी, शान्ति सुरक्षा, गुप्तचर), सञ्चार (टेलिभिजन, रेडियो, अखबार), प्रादेशिक तहको यातायात, शिक्षा, स्वास्थ्य, कर राजस्व (व्यक्तिगत आयकर, सवारी, मनोरञ्जन, सम्पत्ति, घरजग्गा, व्यावसायिक, राजिस्टे«सन, मालपोत र सेवा शुल्क आदि प्रादेशिक (राज्य) सरकारको अधिकार क्षेत्रभित्र पर्दछन् ।