Breaking News
Loading...

Info Post
यतिखेर श्रीस्वस्थानी व्रतकथाको मौसम पौष शुक्ल पूणिर्मादेखि हातखुट्टाका नङ काटी 'शुद्ध चित्त'ले हजारौं नेपाली महिला कठोर व्रत बसिरहेका छन् हामीलाई आफूले पढ्ने सबैजसो धर्मग्रन्थका रचयिताको नाम थाहा , भगवत गीताका रचयिता श्रीकृष्ण महाभारतका रचयिता वेदव्यास भनेजस्तै तर लेखकको नामथर नै थाहा नभई वर्षौंदेखि यति श्रद्धापूर्वक पढिने ग्रन्थ सायद स्वस्थानीमात्रै होला प्रत्येक सहरका प्रत्येकजसो एफएम रेडियो स्टेसनले समेत आफ्ना नियमित कार्यक्रमको समय कटौती गरेर यो 'सिजन'मा स्वस्थानी व्रतकथा बजाउँछन् कथामा बारबार 'हजार जिब्रो भएका शेषनागले पनि बयान गर्न नसक्ने' भनिएकी 'स्वस्थानी माता'को 'अभूतपूर्व' महिमा वर्णन गर्दै श्रीस्वस्थानी मातालाई एउटामात्रै पनि नराम्रो शब्द प्रयोग गरेमा उक्त व्यक्तिले घोर दुःख पाउने चेतावनी पनि उदाहरणसहित धेरैचोटी दिइएको
घर- घरमा स्वस्थानी महिमा गाइरहिएको यो बेला पत्रपत्रिका सामाजिक सञ्जालमा भने स्वस्थानी माताले दिने 'घोर दुःख'को परवाह नगरी कथाको बयान हजारौं व्यक्तिले आआफ्नै तरिकाले गरिरहेका छन् कथा अत्यन्तै असान्दर्भिक वाहियात भन्ने टिप्पणीहरू वर्षैपिच्छे यो समयमा आइराख्छन् कान्तिपुरमै केही अघि रामेश्वरी पन्तले सती प्रथासँंग यसको सम्बन्ध केलाएर लेखिसक्नुभएको कसै-कसैले 'कुनै धर्मप्रति विशेष आसक्ति नभए पनि श्रीस्वस्थानी व्रतकथालाई गाली गरेर आफूलाई बढी 'मोडर्न' बन्ने शोख नभएको' भन्ने व्यंग्यात्मक टिप्पणी गर्दै त्यसको विरोध पनि गरेका छन् केही अघि एकजना फेसबुक मित्रले हाम्रा धर्मशास्त्रहरूमा देखिएका अवैज्ञानिकताबारे लेखेका स्टाटसमा मैले स्वस्थानीलाई 'फन्टुस ग्रन्थ' भनेर 'कमेन्ट' गरेकी थिएँ त्यसप्रति एकजना व्यक्तिले निकै क्रुद्ध भएर 'म्यासेज' गरे, 'तपाईंजस्ता 'गाई खाने विद्या' पढेका मान्छेले गर्दा नै हाम्रो धर्मसंस्कृति बिग्ा्रेको हो, आफ्नो धर्मसंस्कृतिलाई गाली गरेर खुब ठूलो भएको ठान्नुहुन्छ' भन्दै 'म्यासेज'को जवाफ दिएर निरर्थक बहसलाई लम्ब्याइराख्न जरुरी ठानिन मैले अंग्रेजीलाई 'गाई खाने विद्या' भनिने हामीकहाँ अंग्रेजी साहित्यमै एमए गरेकी स्वाभाविक रूपमै गाईखाने विद्या पढेकी भइहालेँ स्वस्थानी व्रतकथा व्यक्तिगत रूपमा मलाई 'फन्टुस' लाग्नुको कारणमा मैले अंग्रेजी विषय पढ्नु कुनै कोणबाट पनि जिम्मेवार छैन पूर्वीय धर्मसंस्कृतिका कैयौं सुन्दर पक्षहरूलाई सम्मान गर्छु, पालना गर्छु आफू पूर्वीय भएकोमा कुनै ग्लानि पनि छैन
कलेजमा विभिन्न लेखकका कृतिहरूलाई विभिन्न दृष्टिकोणबाट विवेचना गर्ने बानी परेकाले हो कि सानोमा श्रद्धापूर्वक पढ्दै आएको श्रीस्वस्थानी व्रतकथालाई मैले ठूली भएपछि नारीवादी बाल अधिकारवादी दृष्टिले हेर्दा अत्यन्तै अमानवीय क्रूर पाएँ असहायका रक्षक भनिने भगवानहरूले नै आफ्ना पतिलाई अगाध माया गर्ने महिलाको बलात्कार गरेको, अबोध बालिकालाई असह्य यातना दिएको, अहंकारले चुर भएर आफ्नै नाबालक सन्तानको हत्यासम्म गरेको प्रसंग वर्षौंसम्म पढ्दा मेरो मनमा श्रीस्वस्थानी व्रतकथाप्रति आजको मितिमा एक प्रतिशत पनि श्रद्धा बाँकी छैन
श्री स्वस्थानी व्रतकथाकी एउटी पात्र सतीदेवी मेरो नजरमा कथाभरि सबैभन्दा धेरैचोटी अपमानित भएकी पात्र हुन् पिता दक्षप्रजापतिले आफ्ना ३३ कोटी छोरी ३३ कोटी देवतालाई बिहे गर्दिएर सबभन्दा जेठी सतीदेवीलाई चाहिँ आफ्नो सम्पत्तिको रेखदेख गर्ने भन्दै अविवाहित राख्छन्, जसले सतीदेवीको वयस्कताको अधिकारलाई सिधै नकारेको उनलाई बिहे गर्ने मन पो थियो कि त्यस्ता सुन्दर देवतामध्ये कुनै एकसँग ? दक्षप्रजापतिले आफूलाई छोरी नदिएर महादेव आहत भएपछि उनका हितैषी विष्णुले आफ्नालागि भन्दै मागेर छलपूर्वक सतीदेवीको हात विवाह मण्डपमै महादेवको हातमा दिँंदा उनी फेरि अपमानित हुन्छिन् छलपूर्वक बिहे गरेर घर पुर्याएपछि सतीदेवीलाई त्यसै छाडेर महादेव भाङधतुरो खाएर दिनसम्म बेहोश भएर सुत्छन् उठेपछि 'सतीदेवीको चरित्र विचार गर्न' भन्दै 'लोग्नेलाई भोकै बाहिर राखेर आफू मीठो-मीठो खाने दुष्ट स्त्री' भन्दै अपमानित गर्छन् कोसौं हिँडाएर ल्याएकी नौली बेहुलीलाई घरभित्र पनि नभित्र्याई तीन दिन लागूपदार्थ खाएर लड्ने महादेवको चरित्र खराब हो कि सुतेका पति उठ्ने पर्खाइमा तीन दिन भोकै, अनिँदै बस्ने सतीदेवीको ? अन्त्यमा आफ्नै पिताले महादेवको अपमान गरेको सहन नसकेको कारण सतीदेवीले प्राण त्याग गरेको वर्णन अर्को जन्ममा पार्वती भएर जन्मेर 'महादेव पति पाउँ' भनेर वनमा कठोर तपस्या गरेकी उनलाई फेरि पनि 'चरित्र विचार गर्न' भन्दै विष्णुको रूप लिएर दर्शन दिएर परीक्षा लिन्छन् महादेवले
सबैभन्दा कम चर्चा हुने अर्की शोषित पात्र हुन्, दैत्यराज जालन्धरकी पत्नी वृन्दा अखण्ड पतिव्रता वृन्दाको सतीत्वले जालन्धरलाई युद्धमा हराउन नसकेको भन्दै महादेवले विष्णुलाई वृन्दाको सतीत्व हरण गर्न पठाउँछन् जालन्धरकै रूप धारण गरेका विष्णुले वृन्दासँग शारीरिक सम्पर्क गरेर 'जुठ्याए'पछि कायरतापूर्वक देवताहरूले युद्ध जित्छन् बलात्कृत वृन्दाचाहिँ सतीत्व हरण भएर 'बिटुली' बन्छिन्, तर बलात्कारी विष्णु भने चोखै रहन्छन् दुःखित, अपमानित वृन्दाले 'घाँस, ढुंगा, रुख आदि बन्नुपरोस्' भनेर विष्णुलाई श्राप दिन्छिन् तर धूर्त देवताहरूले पवित्र तुलसी, पीपल, शालिग्राम आदिमा विष्णुको वास गराएर श्रापको कठोरतालाई कम गराउँछन् विडम्बना, युद्ध जित्नलाई कसैको सुखी गृहस्थी उजाड्ने, एउटी निर्दोष महिलाको बलात्कारसम्म गर्न तयार हुने 'भगवान'को यो घृणित 'बहादुरी'को बयान गरिएको स्वस्थानीको व्रत महिलाले नै लिन्छन्
सबैभन्दा कारुणिक प्रसंग हो, गोमा ब्राह्मणीको उनका पिता शिवभट्टको धर्मको प्रतापले इन्द्रको आसन डगमगाउँछ आफ्नो सत्ता जोगाइराख्न, शिवभट्टलाई स्वर्गका राजा हुन नदिन इन्द्रले महादेव गुहार्छन् उनलाई धर्मच्युत गराएर इन्द्रको आसन बचाउनका लागि वर्षकी अबोध बालिका गोमामात्र घरमा भएको बेला भिक्षा माग्न गएर भिक्षा दिन ढिला गरेको बहानामा श्राप दिएर महादेवले एकातिर शिवभट्टलाई स्वर्गका राजा हुनबाट रोक्छन् भने अर्कोतिर ७० वर्षका वृद्ध शिवशर्मा वर्षकी बालिका गोमा बीचको अति अनमेल विवाह गराउँछन्
 भिक्षा दिनलाई विलम्ब गरेकोमा अबोध गोमालाई निर्दयतापूर्ण श्राप दिने महादेव आफूले चाहिँं पार्वतीसँंग 'एकान्त गरिरहेको' बेला भिक्षा माग्न आएर 'डिस्टर्व' गरेकोमा अग्निलाई आफ््नै वीर्य दिएर पठाएकोसम्मको निर्लज्जताको प्रसंग पनि पाइन्छ, स्वस्थानीमा अक्क बक्क परेका अग्निले उक्त वीर्यलाई पहिला निल्छन्, पछि त्यसको ताप सहन नसकी नदी किनारमा ओकलेका त्यसलाई आगो ठानेर तापेर गर्भवती भएका सप्तऋषिका निर्दोष पत्नीहरूले फेरि आफ्ना पतिहरूबाट श्राप पाएको प्रसंग पनि
अर्को एउटा प्रसंगमा पार्वतीले बुकुवा घसेर निस्केको मयलबाट बनाएको मानव आकृतिमा प्राण भरेर त्यसलाई आफ्नो पुत्रको रूपमा मानेर आफू नुहाउन जान्छिन् 'कसैलाई पनि भित्र पस्न नदिनु' भनेर गएकी आफ्नी आमाले बनाएको नियमको आज्ञाकारी भएर पालन गरिरहेको उक्त बालक गणेशलाई बाहिरबाट आएका महादेवले चिन्दैनन् एकछिन पत्नी पार्वतीलाई कुर्ने धैर्यसम्म नगरी महादेवजस्ता भगवानले आफ्नै नाबालक सन्तानको हत्यासम्मको जघन्य कुकर्म गर्छन् पछि फेरि गणेशलाई ब्युँताउन अर्को निर्दोष जनावर हात्तीको हत्या गर्न लगाउँछन्

 कथाभरि जताततै विना कसुर श्रापित हुनेमा महिला बालबालिका मात्रै छन् बिना कसुर नाबालकको हत्यासमेत भएको अनेक जालझेल अन्याय गर्ने, अबोध बालबालिका निर्दोष महिलामाथि कुकृत्य गर्ने, हत्यासमेत गर्ने कथित देवताहरूको चाहिँ जयजयकार मात्रै पाइन्छ उल्टै अन्यायमा परेकाहरूले नै 'कुनै पापको कारण यो दुःख भोग्नुपरेको यसबाट पार लगाउने' भन्दै 'श्रीस्वस्थानी माता'को व्रत गरेको उदाहरण दिइएको , यत्रतत्र धर्मसंस्कृतिकै नाममा क्रूरता, अन्याय परिवारसँग बसेर पढ्नै लाज लाग्ने निर्लज्जताका कैयौं प्रसंगहरूलाई श्रद्धापूर्वक महिनाभरि पढिने यो प्रचलनमाथि टिप्पणी गर्न कुनै 'घोर दुःख' दिने माताको या 'गाई खाने विद्या पढेर जान्ने भएको' भन्ने व्यक्तिहरूको डर कम्तीमा चाहिँ मान्दिन यस्ता अवैज्ञानिक अन्यायपूर्ण कथावाचनको प्रचलनमाथि अब बहस पुनर्विचार हुनुपर्ने बेला भइसकेको